दुई महिनापछि काठमाडौंमा अण्डर ग्राउण्डबाटै विद्युत वितरण
नेपाल विद्युत प्राधिकरणले अबको दुई महिनाभित्र काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने योजना बनाएको छ । प्राधिकरणले यहाँको रत्नपार्क र महाराजगञ्ज लाजिम्पाट क्षेत्रमा घर–घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी गरेको छ ।
अर्थतन्त्रको शिथिलता कसरी हटाउँदैछ गठबन्धन सरकार ?
उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्ने र आर्थिक क्रियाकलापलाई तीव्रता दिने गठबन्धनले बताएको छ ।
सञ्चित कोष अत्यधिक दवावमा रहेको भन्दै अर्थले रोक्यो बजेट
बजेट रोक्का राखिएका शीर्षकमा कर्मचारी तालिम खर्च (तालिम केन्द्र र प्रतिष्ठानबाट सञ्चालन हुनेबाहेक मात्र), कार्यक्रम खर्च, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्स्चर र पूँजीगत परामर्श छन् ।
मौलाकालिका मन्दिरमा एक वर्षभित्रै केवल कार, लागत डेढ अर्ब
उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको कम्पनी मौलाकालिका केवलकार निर्माण प्रालिले गैंडाकोटबाट मौलाकालिका मन्दिर पुग्नका लागि झण्डै एक हजार २ सय मिटर लामो केवलकार निर्माण गर्न लागेको हो ।
सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४० प्रतिशत २६ वर्ष मुनिका
विश्व बैंकको एक रिपोर्ट अनुसार नेपालमा सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४० प्रतिशत मानिस २६ वर्ष मुनिका रहेको छन् । कूल दुर्घटनामध्ये ६० प्रतिशत सवारी चालकको लापरवाहीले हुने गरेको प्रतिवेदनमा जनाइएको छ ।
घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि, राजस्व भने घट्यो
घरजग्गा कारोबार बापत सरकारले साउनमा २ अर्ब ९१ करोड, भदौमा ३ अर्ब ६ करोड, असोजमा ४ अर्ब ४३ करोड ५४ लाख, कात्तिकमा २ अर्ब १६ करोड ३८ लाख, मंसिरमा २ अर्ब ८६ करोड र पुसमा ३ अर्ब २० करोड रुपैयाँ राजस्व पाएको छ ।
कृषि कर्जा २२.२ प्रतिशतले वृद्धि, सबैभन्दा बढी पशुपालनमा
अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक सवेक्षणअनुसार कृषिको खेतीपातीसम्बन्धी सेवा, पशुपालन तथा पशुपालनसम्बन्धी सेवा, कृषि तथा कृषिजन्य सेवालगायतका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी बढ्दै गएको हो । अघिल्लो वर्षको तुलनामा यस्तो कर्जा २२.२ प्रतिशतले वृद्धि भएको छ ।
पाँच महिनामा साढे २३ अर्बको लगानी प्रतिवद्धता, पर्यटनमा मात्रै साढे १५...
उद्योग विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा विभिन्न १२३ उद्योगमा कुल २३ अर्ब ४६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।
बाढी-पहिरोको क्षतिबारे छलफल गर्न सरकारले बोलायो सर्वदलीय बैठक
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।
अर्थतन्त्रको आकार १०३ खर्ब पुर्याउने, गरिबी १२ प्रतिशतमा झार्ने लक्ष्य
सरकारले देशको अर्थतन्त्रको आकार १०३ खर्ब पुर्याउने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको १६औं आवधिक योजनामा उक्त लक्ष्य उल्लेख गरिएको छ ।































