बैंक/ बिमा

ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा पाँचथरको डेरी बजारमा

ग्लोबल आइएमई बैंक लिमिटेडले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२, डेरी बजारमा सोमबारदेखि नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवाहरुको संख्या २७५ पुगेको छ ।

एक ऋणीले दुई लघुवित्तबाट ऋण लिन पाउने

एक ऋणीले अब दुई लघुवित्तबाट ऋण लिन पाउने भएका छन् । ७ लाखको सीमा नबढ्ने गरी एउटा ऋणीले दुई वटासम्म लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन सक्ने व्यवस्था भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागले लघुवित्त वित्तीय संस्थाका लागि एकीकृत निर्देशिका जारी गरेको छ ।

नेपालबाट अस्ट्रेलियामा रोजगारीमा जानेले अमेरिका, यूरोप र जापान जाने सरह डलर सटही सुविधा पाउने

स्ट्रेलियामा वैदेशिक रोजगारीमा जानेले पनि युरोप अमेरिका र जापान जाने सरह नै राहदानी बापत सुविधा पाउने भएका छन् । हाल जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका र क्यानडा रोजागारीमा जानेले राहदानी बापत ५ सय अमेरिकी डलर सटही सुविधा पाउँदै आएका छन् । अन्य देश रोजगारीमा जानेले भने २ सय डलसम्म मात्रै उक्त सुविधा पाउँदै आएका छन् । अब भने अस्ट्रेलियामा रोजगारीमा जानेले पनि ५ सय डलरसम्मको सटही सुविधा पाउने भएका हुन् ।

ग्लोबल आइएमई बैंक र विश्वविद्यालय क्याम्पसको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न

वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. शिवलाल भुषाल तथा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गरेका थिए ।

स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य र एभरेष्ट बैंकको नयाँ व्याजदर सार्वजनिक

वाणिज्य बैंकहरुले नयाँ व्याजदर सार्वजनिक गर्न थालेका छन। स्ट्यान्डर्ड चार्टर्ड राष्ट्रिय वाणिज्य र एभरेष्ट बैंकले विभिन्न खातामा मंसिर १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेका हुन ।

लघुवित्तलाई नयाँ व्यवस्था, के-के भयो परिमार्जन (पूर्णपाठसहित)

काठमाडौं, ७ मंसिर । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्तहरुका लागि नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले घ वर्गका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७७ मा संशोधन गरी थप व्यवस्था...

अब बैंक तथा वित्तीय संस्थाले परिवर्तनीय र स्थिर दुवै ब्याजदर सार्वजनिक प्रकाशित गर्नुपर्ने

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।

प्राइम लाइफ इन्स्योरेन्सलाई १० हजार जरिवाना

समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ विपरीत कार्य गरेका कारण इन्स्योरेन्सलाई दश हजार रूपैयाँ जरिवाना गर्ने निर्णय गरेको समितिले जानकारी दिएको छ ।

मुद्दती निक्षेपमा कुन बैंकले कति दिन्छन् ब्याजदर ? थोरै दिने स्ट्याण्डर्ड चार्टर्ड

बैंकहरुले सार्वजनिक गरेको ब्याजदर अनुसार २६ वटा बैंकको ब्याज १० प्रतिशत माथि पुगेको छ भने १ वटाको मात्र एकल अंक अर्थात् १० प्रतिशतभन्दा कम रहेको छ ।

१ लाख ४२ हजार ऋणीले लिए २ खर्ब १४ अर्ब सहुलियत कर्जा, धेरै प्रवाह...

लघु घरेलु तथा साना उद्यमसहित उत्पादनमूलक क्षेत्रमा सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने उद्देश्यले ल्याइएको पुनरकर्जा २ खर्ब १४ अर्ब रुपैयाँ प्रदान गरिसकेको छ।