बैंक/ बिमा

राष्ट्रिय सहकारी बैंक १७ औं वर्षमा प्रवेश, २८ अर्ब निक्षेप संकलन

काठमाडाैं, २० साउन । नेपालमा स्थापना भएका सम्पूर्ण सहकारी संघ/संस्थाहरूको प्रवद्र्धन, विकास एवं तिनीहरूको वित्तीय आवश्यकतालाई पुरा गर्नका लागि खोलिएको राष्ट्रिय सहकारी बैंक लिमिटेड स्थापनाको १६ औं वर्ष पुरा गरी १७ औं वर्षमा...

बजार मूल्य २२८ रुपैयाँ रहेको मेगा बैंकको सेयर १०० रुपैयाँमै किन्ने अवसर

बैंकले २०७४ साल भदौ २७ गतेदेखि २०७४ साल कात्तिक १४ गतेसम्म संस्थापक तथा साधारण सेयरधनीहरुका लागि हकप्रद सेयर निष्काशन गरेको थियो ।

एक सातामै ४७ अर्बले बढ्यो निक्षेप, सीडी रेसियो ८६.४१ प्रतिशत

एक सातामा वाणिज्य बैंकहरूमा ४७ अर्ब रूपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार एक सातामा बैंकहरूको निक्षेपमा ४७ अर्बले वृद्धि भएर ४५ खर्ब ४१ अर्ब रूपैयाँ पुगेको हो।

ललितानिवास जग्गा प्रकरण : बैंक तथा वित्तीय संस्थाको २ अर्ब ४१ करोड डुब्ने निश्चित

ललिता निवासमा बैंक तथा वित्तीय संस्थाको २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १२५ रूपैयाँ ऋण लगानी छ । मुद्दामा सरकारी तथा सार्वजनिक जग्गाहरु ब्यक्ति विशेषको नामबाट अर्बौको धितो पारित भइ विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गरेको देखिएको छ।

समीट लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

लघुवित्तको सञ्चालक समितिको मंसिर १३ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

आज कति छ विदेशी मुद्राको विनिमय दर ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रिदर १३४ रुपैयाँ ६२ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर १४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।

मञ्जुश्री फाइनान्सको ऋणपत्र आउँदै, विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल

चुक्ता पूँजी रु ८१ करोड ८१ लाख र रु १९ करोड ७२ लाख संचित कोष रहेको यस वित्तिय संस्थाले ऋणपत्र जारी पश्चात प्राप्त पूजी वाट संस्थाको थप ब्यापार विस्तार र लगानीकर्ताको प्रतिफलमा उल्लेख्य वृद्धि हुने अपेक्षा रहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोबाइल एप सार्वजनिक

परिस्कृत र नयाँ सुविधाहरू सहित सार्वजनिक गरिएको मोबाइल एप्लिकेसन एप स्टोरबाट डाउनलोड गर्न सकिने छ । ग्राहक र अभिकर्ता दुबैले एउटै एप्लिकेसन मार्फत लाभ लिन सक्नेछन् ।

सिभिल र हिमालयन बैंकले पाए मर्जरको अन्तिम स्वीकृति, एकीकृत कारोबारको बाटो खुल्यो

हिमालयनले सिभिललाई १ सय बराबर ८०.२८ सेयर मिलान अनुपात (स्वाप रेसियो) मा प्राप्ति गर्न लागेको हो । यसको अर्थ सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकको ८० कित्ता पाउने छन् ।

बंगलादेशको आइएफआइसी बैंकले नबिलको शेयर नबेच्ने, प्रक्रिया स्थगित

बंगलादेशको आइएफआईसी बैंकले आफ्नो स्वामित्वमा रहेको नबिल बैंकको सेयर बिक्री नगर्ने भएको छ ।आइएफआइसीले डेढ वर्ष अघि नबिलको सेयर बिक्री प्रक्रिया सुरु गरेकोमा अहिले स्थगित गर्ने निर्णय गरेको हो ।