नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रू’ आज

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ ।

माछापोखरी क्षेत्रका अवैध संरचनामा महानगरको डोजर

काठमाडौं महानगरपालिका-१६, बालाजुस्थित माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि महानगरले डोजर चलाएको छ ।

नारायणगढ-मुग्लिन सडकखण्ड अब २४ सै घण्टा सूचारु

दैनिक चार घण्टा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिंदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड अब २४ सै घण्टा सूचारु हुने भएको छ । ठेकेदारलाई तेस्रो पटक थप गरेको म्याद यही फागुन १२ गते सकिएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि सवारी रोक्नु नपर्ने भएको हो ।

कालिकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

कालीकोटको नरहरिनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालुमा शनिबार बिहान घरनजिकै पोल ढल्दा करेन्ट लागेर नरहरिनाथ–८ लालुका ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

नुवाकोटमा ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत् आयोजना अघि बढ्यो

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा निर्माण हुने ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत् आयोजना अघि बढाउन विद्युत् विकास विभागले सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाले विभागमा पेस गरेको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईईई) रिपोर्टमा स्थानीयका तर्फबाट रायसुझाव भए ३५ दिनभित्र पेस गर्न आग्रह गरेको हो ।

अर्थतन्त्रको शिथिलता कसरी हटाउँदैछ गठबन्धन सरकार ?

उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्ने र आर्थिक क्रियाकलापलाई तीव्रता दिने गठबन्धनले बताएको छ ।

मनकामना केबलकार एक दिनका लागि बन्द हुने

नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही बैशाख ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने जनाइएको छ ।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’

'बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेस प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ,राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ,'प्रधानमन्त्री प्रचण्डले भने,'आज सुरूङको ‘ब्रेक–थ्रु’ भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।'

घलेगाउँ यात्रा सहज हुँदै, सडक कालोपत्रे सुरु

गण्डकी प्रदेश सरकारको लगानीमा लमजुङको क्व्होलासोथार गाउँपालिकामा रहेको पर्यटकीय घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बेसीसहर–बागलुङपानी–घलेगाउँ सडक आयोजनाअन्तर्गत बागलुङपानीदेखि घलेगाउँतर्फ कालोपत्र गर्न शुरु गरिएको हो ।

बालाजु-त्रिशूली सडकको ठेक्का तोडियो, ठेकेदारको खाताको रकम पनि जफत

काठमाडौं । काठमाडौं उपत्यकाको फोहर ढुवानी गर्ने मुख्य सडकका रुपमा रहेको बालाजु-त्रिशूली सडक निर्माण सुरु भएको आठ वर्षसम्म निर्माण अलपत्र बनेको छ। पटक-पटक अवधि...