गाईको गोबरबाट बन्यो चिप, मोवाइलको विकिरण र विभिन्न रोगबाट बचाउने

काठमाडौं । भारतको राष्ट्रिय कामधेनु आयोगले गाईको गोबरबाट बनेको एक एन्टि रेडिएसन चिप सार्वजनिक गरेको छ ।

एक कार्यक्रमकोबीच चिप सार्वजनिक गर्दै आयोगका अध्यक्ष वल्लभभाई कथिरियाले गोबरबाट एन्टि रेडिएसन चिप बनाएको दावी गरेका हुन् । यो चिपबाट मोवाइल फोनको विकिरण धेरै हदसम्म कम हुने र रोगबाट बच्नको लागि यो निकै उपयोगी हुनेछ कथिरियाले भने।’

चिप यस्तो तरिकाले डिजाइन गरिएको छ कि गोबरले भरिएपछि पनि यसबाट गन्ध आउँदैन। यो मोबाइल फोनको पछाडि लगाउनुपर्नेछ । चिप गोबरले भरिएपछि यसले एक हप्तासम्म विकिरणबाट बचाउँदछ। त्यसपछि भने गाईको गोबर परिवर्तन गर्नुपर्नेछ।

अहिले कामधेनु दीपावली अभियान नामक राष्ट्रव्यापी अधियान चलाइँदैछ जसमा गाईको गोबरबाट बनेका उत्पादनहरू प्रवर्द्धन गरिँदैछ । यस चिपको नाम गौसत्त्व कवच हो र यसलाई राजकोटमा रहेको श्रीजी गौशालामा बनाइएको हो ।

‘५०० भन्दा बढी गौशालाले यस्ता विकिरणविरुद्धका चिप बनाइरहेका छन् । यिनको मूल्य ५० देखि १०० भारु छ । एकजनाले यसलाई अमेरिकातर्फ पनि निर्यात गर्दैछन् । त्यहाँ यो १० डलरमा बिक्दैछ,’ कठिरियाले बताए ।

कठिरियाले चीनमा बनेको दियो यस दीपावलीमा प्रयोग नगर्न अपील गरे । प्रधानमन्त्री नरेन्द्र मोदीको मेक इन इन्डिया अवधारणा र स्वदेशी अभियानलाई प्रवर्द्धन गर्नका लागि चिनियाँ दियो बहिष्कार गर्न उनले अपील गरेका हुन् ।

हिन्दूस्तान टाइम्सका अनुसार आयोगले यो चिपका साथै गाईको गोबरबाट बनेका अन्य उत्पादनहरु पनि सार्वजनिक गरेको छ । यी सबैको उद्देश्य यो दीवालीका प्रदूषण कम गर्नु भएको कथिरियाले बताए ।

यो दीवालीमा चीनमा बनेका सामग्रीको बहिष्कार सुनिश्चित गर्ने र गाइको गोबरबाट बनेका दियो, भगवान गणेश र लक्ष्मीका प्रतिमा सहित अन्य सामग्रीहरुको प्रयोगलाई बढावा दिने उद्देश्यले राष्ट्रिय कामधेनु आयोगले ‘कामधेनु दीपावली अभियान’ चलाउने घोषणा गरेको छ ।

यसबाट गौशालाहरु आत्मनिर्भर बनाउने दिशामा ठूलो टेवा पुग्ने पनि उनले बताए । आयोगले देशभर ११ करोड परिवारको माध्यमबाट गोबर निर्मित ३३ करोड दी प्रज्वलन गर्ने लक्ष्य राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here