अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय, अब यी वस्तुमा रोक

काठमाडौं, २७ चैत । वाणिज्य बैंकहरुले अत्यावश्यकबाहेक सामग्रीमा एलसी नखोल्न निर्णय गरेका छन् ।

राष्ट्र बैंकले मौखिक निर्देशन दिएको एक सातापछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आइतबार उक्त निर्णय गरेको हो ।

संघले निजी गाडी,चिनी, चकलेट, चुइगम, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्यूम, काठका सामग्री, मोबाइललगायत सामाग्री आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेको जनाएको छ ।

राष्ट्र बैंकको निर्देशनपछि गत साता नै गाडी लगायत कम आवश्यक र विलासिता वस्तुका लागि एलसी नखोल्न आफ्ना शाखाहरुलाई निर्देशन दिइसकेका छन् । तर उक्त विषयमा बैंकर्स संघले औपचारिक निर्णय गरिसकेको थिएन ।

यसअघि राष्ट्र बैंकले विभिन्न वस्तु आयातमा कडाइ गरेको थियो । ती वस्तुको आयातमा राष्ट्र बैंकले शतप्रतिशत मार्जिनको व्यवस्था गरेको थियो ।

यसअघि राष्ट्र बैंकले दुई पटक गरी ६७ उपसमूह अन्तर्गत पर्ने करिब साढे १३ सय वस्तु आयातका लागि एलसी खोल्दा खरिदकर्ताले ५० देखि १ सय प्रतिशतसम्म नगद मौज्दात (क्यास मार्जिन) राख्नुपर्ने व्यवस्था गरेको छ।

विदेशी मुद्राको सञ्चिती भयावह रुपले घट्न थालेकै बेला आयातसमेत अचाक्ली बढेसँगै अर्थतन्त्र संकटोन्कुख भएको निष्कर्ष निकाल्दै केन्द्रीय बैंकले एकपछि अर्को आयात प्रतिस्थापनको नीति कार्यान्वयन गर्दै आएको छ।

यसअघि राष्ट्र बैंकले दुईपटक गरी ६७ उपसूचकअन्तर्गत पर्ने १ हजार ३५० वस्तु आयातका लागि ५० देखि १०० प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो। यससँगै अब यी वस्तुहरु आयातका लागि वाणिज्य बैंकहरुले एलसी खोल्ने छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here