मलको अभावमा किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेका छौ: मन्त्री अर्याल
कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताएकी छन् ।
विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर
नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ २७ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८७ पैसा निर्धारण गरेको छ ।
‘चालु पूँजी कर्जामा बैंक र व्यवसायी दुवैबाट गल्ती भएको छ’- अध्यक्ष...
आगामी वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले चालु पूँजी कर्जाको विषयमा खुकुलो बनाउनु पर्ने उनले बताए ।मौद्रिक नीति खुकलो हुनुपर्छ भन्ने निजि क्षेत्रका सबै संस्थाको सुझाव भएको उनले बताए ।
रेमिट्यान्स ६ प्रतिशतले घट्यो
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.८ प्रतिशतले घटेको थियो ।
कर्मचारी सञ्चय कोषले माग्यो विभिन्न पदमा कर्मचारी
कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३० जना कर्मचारी माग गरेको छ । कोषले शुक्रबार एक सूचनामार्फत दरखास्त आह्वान गरेको हो ।
भैरहवा र पोखराबाट उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवालाई कम मूल्यमा इन्धन बिक्रि,...
भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरुलाई लक्षित गरी नेपाल आयल निगमले मूल्य घटाएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय उडानलाई आकर्षित गर्न भैरहवामा प्रतिकिलोलिटर इन्धनको मूल्य ७६९ अमेरिकी डलर र पोखरामा प्रतिकिलोलिटर ७८४ मा झारिएको छ ।
२४ मैदा उद्योगलाई ३० हजार मेट्रिक टन गहुँ आयातको कोटा, चैत...
नेपालले गहुँको आयात खुलाउन भारतलाई पटक(पटक पत्राचार गरेसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै भारतले चार महिना भित्र आयात गरी सक्नेगरी ५० हजार मेट्रिकटन गहुँ आयातको अनुमति दिएको हो ।
निजगढ ‘गेम चेन्जर प्रोजेक्ट’ हो, पाँच वर्षमा जहाज उड्छ
'त्रिभुवन विमानस्थलले हवाई चाप धान्दैन्, अब सरकारको अर्जुनदृष्टि निजगढ विमानस्थलमा नै छ । अब हामीले जसरी पनि पाँच वर्षमा निजगढलाई व्यवसायिक उडान गर्नसक्ने बनाउनुपर्छ ।’
अर्थमन्त्री शर्माले गरे विश्व बैंक एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको...
विश्व बैंकको प्रक्षेपणअनुसार चालु वर्षमा नेपालको वृद्धि पाँच दशमलव एक प्रतिशतले हुने उल्लेख गरिएको छ । नेपालको पर्यटन र सेवा क्षेत्रको वृद्धि तथा जलविद्युत् क्षेत्रको उत्पादन वृद्धिले कोरोनापश्चातको आर्थिक वृद्धिदर सकारात्मक रहने उसको प्रक्षेपण छ ।
प्रकृतिक विनाशको असर: ५० वर्षमा हड्डीधारी जीवहरूको संख्या दुई तिहाइले कमी
अन्धाधुन्द विकास र उच्च उपभोगको चापले गर्दा पृथ्वीमा पाँच दशकभित्र मात्र हड्डीधारी जीवहरूको संख्यामा ६८ प्रतिशत जति कमी आएको अनुमान छ। चरा, माछा, स्तनधारी, उभयचर र घर्सने जनावरको विश्वव्यापी सङ्ख्या दुई तिहाइभन्दा बढी घटेको छ ।