‘बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजनाको पहिलो महिनाको विजेता घोषणा
सिटी एक्सप्रेस मनी ट्रान्सफरले 'बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो' योजना अन्तर्गत पहिलो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा गरेको छ ।
प्रभु बैंकले ल्यायो लक्जेम्बर्गबाट ऋण, विद्युतीय सवारीमा लगानी गर्ने
प्रभु बैंकले युरोपेली मुलुक लक्जेम्बर्गबाट ५० लाख डलर (करिब ६६ करोड रुपैयाँ) ऋण ल्याएको छ । बैंकले ‘लक्जेम्बर्गको ‘एमएसएमई इन्टरप्राइजेज बन्ड एस ए’ बाट उक्त ऋण पाएको हो ।
महालक्ष्मी विकास बैंक र अन्नपूर्ण केबुलकारबीच सम्झौता
जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर सेदीबगर लेसाइड पोखरा देखि सराङ्कोट पोखरा सम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारसँग सम्झौता गरेको हो ।
तरलता व्यवस्थापन गर्न आज पनि बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंकले
राष्ट्र बैंकले आज आइतबार फेरि ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको बताइएको छ ।
अब लघुवित्तसम्बन्धी गुनासो राष्ट्र बैंकमा दर्ता गर्न सकिने, फोन गर्दा पैसा नलाग्ने
राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकाराला सदस्यहरूको लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि केन्द्रीय बैंकले लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेक्सको स्थापना गरेको हो ।
‘ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना’ सार्वजनिक
ग्लोबल आइएमई बैंकले ग्राहकहरूको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोहीअनुसार बनाउन सकिने 'ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना' सार्वजनिक गरेको छ।
ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता
ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि...
विवादकाबीच बीमा समितिले खुलायो लघुबीमाको लाइसेन्स, चुक्ता पूँजी ७५ करोडको हुनै पर्ने
लघुबीमाको लाइसेन्स लिन इच्छुकले ३५ दिन भित्र आवेदन दिन समितिले आह्वान गरेको छ । एक प्रदेशमा एउटा मात्र जीवन वा निर्जीवन कम्पनीले लाइसेन्स पाउने समितिले जनाएको छ ।
ग्लोबल आईएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
ग्लोबल आईएमई लघुवित्तमा रोजगारीको अवसर
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ।































