बैंक/ बिमा

एनआइसी एसिया बैंक २६औं वर्षमा प्रवेश

यस्तै ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहकवर्ग, नियमनकारी निकाय, कर्मचारीहरूलगायत सम्पूर्ण सरोकारवालाहरूप्रति बैंकले आभार व्यक्त गरेको छ ।

बीमा कम्पनीहरूले तोकिएको सीमाभन्दा बाहिर गएर सर्भे गर्न नपाउने

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सर्भे प्रतिवेदनको ढाँचा एउटै हुनुपर्ने बताएका छन् । अध्यक्ष सिलवालले बीमा सर्भेयरले जुन क्षेत्रमा विज्ञता छ सोही क्षेत्रमा काम गर्नुपर्ने पनि जनाएका छन् ।

बीमा कम्पनीलाई प्राधिकरणले दियो १८ बुँदे निर्देशन, पालना नगरे कारबाही

प्राधिकरणले उधारो बीमालाई पूर्ण रूपमा निरुत्साहित गरी बीमा शुल्क दाखिला पश्चात बीमालेख जारी गर्ने एकीकृत निर्देशनमा उल्लेख गरिएको छ । यस्तै, चेकमार्फत बीमा शुल्क भुक्तानी भएमा बीमितलाई रकम प्राप्त भएपछि रक्षावरण हुने गरी जानकारी गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

साक्षरता अभिवृद्धि गर्न नबिल बैंकको देशव्यापी कार्यक्रम, १९०० बढी विद्यार्थी लाभान्वित

नबिल बैंक नेपालको अग्रणी बैंक हो । बैंकले देशभर २६७ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटीएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

एभरेष्ट बैंककाे खुद नाफाभन्दा वितरणयोग्य नाफा धेरै

काठमाडौं । अधिकांश बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको बेला एभरेष्ट बैंकको भने खुद नाफाभन्दा धेरै रहेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद...

निःशुल्क वाईफाईबाट बैंकिङ कारोबार नगर्न राष्ट्र बैंकको अनुरोध

विभिन्न ह्याकरहरुले पनि उस्तै देखिने फ्री पब्लिक वाईफाई बनाउन सक्ने भएकाले त्यसप्रति सचेत रहन राष्ट्र बैंकले भनेको छ । कुनै सार्वजनिक वाईफाईसँग जोडिदा आफ्नो मोबाइल, ल्यापटप, कम्प्युटर, ट्याबलेट आदिको फाइल शेयरिङ अप्सन बन्द गर्नसमेत राष्ट्र बैंकको आग्रह छ ।

नबिल बैंकका सीईओ ढुंगानाको कार्यकाल २ वर्ष थप

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल २ वर्ष थप भएको छ ।

यूएईमा ‘उत्सव र उमंग, सिटी एक्सप्रेससँग २०८१’ सांगीतिक कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा प्रयोग गरेर यूएईबाट थुप्रै नेपालीहरूले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो दुःखको कमाइ पठाउन सकिरहेका छन् । आफ्नो ग्राहक वर्ग तथा यूएईस्थित सम्पूर्ण नेपालीलाई मनोरञ्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना गरिएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ ।

नबिल बैंकले पायो प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

नबिल बैंक लिमिटेड नेपालको अग्रणी बैंक हो। बैंकले देशभर २६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१७ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। नबिल बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

विदेश भ्रमणमा जानेले २५ सय डलर सटही सुविधा पाउने

विदेश भ्रमणमा जाने नेपालीले हरेक पटक बढीमा २ हजार ५ सय अमेरिकी डलरका दरले विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् । गत शुक्रबार नेपाल राष्ट्र बैंकले जारी गरेको यस वर्षको मौद्रिक नीतिमा घोषणा भएका व्यवस्था कार्यान्वयनमा आएको छ । यससँगै नागरिकले यो सुविधा पाउने भएका छन् ।