असार १ गतेदेखि कुनै बाहानामा तीन महिना सडक खन्न नपाइने

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

मुग्लिन-पोखरा सडक विस्तार गर्न दमौली बजारका ७४ घर भत्काइँदै

मुग्लिन–पोखरा सडक विस्तार योजना पूर्वीखण्डका इन्जिनियर, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रसहितका पदाधिकारीको बैठकले बाटो विस्तारका निम्ति भत्काउनुपर्ने ठहर भएका घर यथाशीघ्र भत्काउने निर्णय गरेको हो ।

माथिल्लो अरुण जलविद्युत् आयोजनाको परामर्शदाता छनोट, स्वदेशी बैंकले ५३ अर्ब लगानी...

आयोजनाको निर्माण सुपरीवेक्षणका लागि ट्राक्टेबल इन्जिनियरिङ जर्मनी, ट्राक्टेवल इन्जिनियरिङ स्पेन तथा वापकोस लिमिटेड, भारतको संयुक्त उपक्रम इन एसोसिएसन विथ टोटल म्यानेजमेन्ट सर्भिसेस (टीएमएस) तथा जेड कन्सल्ट, नेपाल छनौट भएको हो ।

कालीगण्डकी करिडोरको काम धमाधम हुँदै, ५४ किमी एकैपटक कालोपत्र गर्ने तयारी

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको कामले तीव्रता पाएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा र बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका लागि पूर्वाधार निर्माणले तीव्रता पाएको हो ।

विकासे आयोजनाले भोगिरहेको विष्फोटक पदार्थको अभाव मेट्न समिति गठन

विकासे आयोजनाहरूले भोगिरहेको विस्फोटक पदार्थ उपलब्धता एवम् प्रयोगलाई सहज बनाउन सरकारले समिति गरेको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको बिहीबार बसेको ५२औं बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले विस्फोटक पदार्थ उपलब्धता र प्रयोग थप प्रभावकारी बनाउन आवश्यक देखिएको भन्दै समिति गठन प्रस्ताव गरेका हुन् ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन ३५ दिने सूचना

लामो समयदेखि समस्याका रूपमा रहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन सरकारले फेरि लागत संकलनको सूचना निकालेको छ ।

घरको नक्सा पास गर्न महानगरको फेरि दियो ३५ दिने ‘अल्टिमेटम’

यसअघि भदौ २३ गते ९० दिनको सूचना निकालेको महानगरले बुधबार सार्वजनिक सूचना निकालेर माण्डदण्ड अनुकुल भएका तर नक्सापास नभएका भवनहरूलाई ३५ दिनभित्र नक्सा स्वीकृत र नियमित गर्न निर्देशन दिएको हो।

नारायणगढ–बुटवल सडक: पाँच वर्षमा ४६ प्रतिशत मात्रै भौतिक प्रगति, ठेकेदर अझै...

निर्माण व्यवसायीलाई दोस्रोपटक म्याद थपिएको समय सकिने करिब पाँच महिना बाँकी हुँदा हालसम्म सडकको एकतर्फी कालोपत्रको काम २० दशमलव ३८ किलोमिटर मात्रै भएको छ। दुईतर्फी कालोपत्रको काम एक सय ३० किलोमिटर गर्नुपर्ने छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि टेण्डर खुल्यो

बजेट अभावले अलपत्र बनेको रंगशाला निर्माणको जिम्मा पाएको महानगरले एक सूचना जारी गर्दै टेण्डर खुल्ला गरेको हो । टेण्डरको लागि आगामी मार्च ३१ गते १२ बजेसम्म अन्तिम समय दिइएको छ।

एसियाली पूर्वाधार लगानी बैंकको उच्च प्राथमिकतामा नेपाल

एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको थियो ।