२५ हजार भूमिहीनलाई लालपूर्जा दिने
सरकारले आगामी आर्थिक वर्षमा २५ हजार भूमिहीनलाई लालपूर्जा दिने घोषणा गरेको छ।
असार १ गतेदेखि कुनै बाहानामा तीन महिना सडक खन्न नपाइने
वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
आकर्षक र नौला झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता
झोलुङ्गे पुलको निर्माण तीन तहको समन्वयमा हुँदै आएको छ । स्थानीय तहले एक सय २० मिटर लम्बाइसम्मको, प्रदेशले दुई सय ७० मिटर लम्बाइसम्मको र त्यसभन्दा लामा पुलको निर्माण सङ्घले गर्दै आएका छन् । विभागले लामासँगै आधुनिक प्रविधिका र हेर्दा आकर्षक पुल निर्माणमा ध्यान दिएको छ ।
त्रिशूली नदीमा बसको खोजी जारी, गृहका उच्च अधिकारी चार दिनपछि घटनास्थल...
चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल भन्ने स्थाबाट त्रिशूली नदीमा वेपत्ता भएका दुईवटा बस र तिनमा सवार यात्रुहरुको खोजी आज पनि जारी छ । घटना भएको चार दिनपछि आइतबार दुर्घटनास्थलमा भइरहेको खोजीको निरीक्षण गर्न गृह मन्त्रालयका सचिव एक नारायण अर्यालसहित सुरक्षा अंगका प्रमुखहरु पनि चितवन जाने भएका छन् ।
बस खोज्न प्रयोग गरिएको चुम्बक नै त्रिशूलीमा गायब
नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस खोज्न प्रयोग भएको १९ किलोको चुम्बक नै त्रिशूली नदीमा गायब भएको छ । गत असार २८ गतेदेखि हराइरहेका दुई बस र ती बसमा रहेका कतिपय यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि भारतबाट मगाइएको दुईवटा चुम्बकको सहयोगमा शनिबार समेत खोजी गरिएको थियो ।
बझाङमा पहिरो : एकै परिवारका चार जनाको मृत्यु
बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले विरा धामीको घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको पीपीए सम्पन्न, असोजदेखि नै निर्माण सुरु हुने
एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गरेको ८ मेगावाटको ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ ।
जब एकै नम्बरका पाँच वटा मोटरसाइकल भेटिए….
काठमाडौं । काठमाडौँ उपत्यकाबाट एउटै नम्बर प्लेट भएका पाँच वटा मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शङ्कास्पद...
नदी किनारबारे एमालेको दोहोरो चरित्रविरुद्ध बालेनको झटारो, २०७६ सालमा फैसला आउँदा...
काठमाडौंका नदी किनारबारे एमालेले देखाएको दोहोरो चरित्रबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आक्रोस व्यक्त गरेका छन् । उनले एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीको यो चरित्रलाई ‘उहिलै मरिन् सासु, अहिले आए आँशु’ उखानबाट पुष्टी गर्न खोजेका छन् ।
आजैबाट भयो देशभर रुट परमिट खुला
सरकारले आजैदेखि देशभरि रुट परमिट खुला गरेको छ । यातायात व्यवस्था विभागका प्रवक्ता इश्वरी दत्त पनेरुका अनुसार रुट परमिट दशैंको पूर्णिमासम्म कायम रहने छ । यसअघि सरकारले दशैंको घटस्थापनादेखि मात्र रुट परमिट खुला गर्ने निर्णय गरेको थियो ।