त्रिशूलीमा खसेका बसको आज पनि खोजी सुरु

नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा शुक्रबार पहिरोसँगै त्रिशूलीमा खसेको बसको खोजी सुरू भएको छ। जिल्ला प्रहरी कार्यालय चितनवनका डिएसपी भेषराज रिजालले खोजीकार्य सुरू भएको जानकारी दिएका छन् ।

बस खोज्न प्रयोग गरिएको चुम्बक नै त्रिशूलीमा गायब

नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस खोज्न प्रयोग भएको १९ किलोको चुम्बक नै त्रिशूली नदीमा गायब भएको छ । गत असार २८ गतेदेखि हराइरहेका दुई बस र ती बसमा रहेका कतिपय यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि भारतबाट मगाइएको दुईवटा चुम्बकको सहयोगमा शनिबार समेत खोजी गरिएको थियो ।

उपत्यकासहित विभिन्न भेगमा भारी वर्षा, कस्तो छ मौसम पूर्वानुमान ?

रातभर ठूलो पानी परेको काठमाडौंमा बिहान घाम चर्किएको छ । तर दिउँसोपख काठमाडौंसहित धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको हो ।

एक वर्षमा देशभर बने २०२ पक्की पुल, तस्वीर कथा

देशभर एक वर्षको अवधिमा २०२ वटा पक्की पुल बनेका छन् । सडक विभागले यस्तो जानकारी गराएको छ । विभागका अनुसार आव २०८०\८१ मा १५० वटा मात्र पुल निर्माणको लक्ष्य थियो । तर, २ सय भन्दा धेरै पुल निर्माण सम्पन्न भएसँगै भौतिक पूर्वाधारमा उल्लेख्य सुधार भएको छ ।

पृथ्वी राजमार्गमा पहिरो, यातायात अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । नाग्दी खोला भन्ने स्थानमा ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

बंगलादेश आन्दोलनपछि प्रभावित पूर्वी नाका सहज

नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारीक नाका फूलबारी –बंगलाबन्ध नाका पुनः सञ्चालनमा आएको छ । नाका खुला भएसँगै बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ ।

रामेछाप पहिरो : दुईको मृत्यु-८ बेपत्ता

रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेखर्कमा पहिरोले बस्ती बगाउँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

जब एकै नम्बरका पाँच वटा मोटरसाइकल भेटिए….

काठमाडौं । काठमाडौँ उपत्यकाबाट एउटै नम्बर प्लेट भएका पाँच वटा मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शङ्कास्पद...

नौबिसे–मलेखु खण्ड १५ दिनसम्म रातमा बन्द हुने

पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु खण्ड १५ दिनसम्म राति बन्द हुने भएको छ । नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै यो सडक खण्ड २६ असारबाट रातिा बन्द गर्न लागिएको जनाएको छ ।

रात्रिकालिन सवारी चलाउन अब रेड एडभाइजरी जारी गरिने

रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना)जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ । शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले उक्त निर्णय गरको हो । जल तथा मौसम विज्ञान विभागबाट ‘रेड एड्भाइजरी’ जारी भएका जिल्ला र क्षेत्रहरूमा तत्‌तत् दिनमा रात्रिकालीन सवारी नचलाउने निर्णय भएको छ ।