हामीले दैनिक रुपमा प्रयोग गर्ने पैसा हामीले सोंचेभन्दा फोहोर हुन्छ । एउटा नोटमा सयौं किसिमका ब्याक्टेरिया, फंगस तथा भाइरस हुन्छन । पैसा अन्यन्तै क्रियाशील हुने र जसको हातमा पनि पुग्ने भएकोले पैसा बिभिन्न रोगको संवाहक हुनसक्छ ।
कागज तथा कटनको नोटमा भन्दा पोलिमर नोटमा जीवाणु कम समय रहन्छन । नोटभन्दा क्वाइनमा भाइरस तथा ब्याक्टेरिया धेरै समय रहन्छ । नोटमा २ दिनसम्म र क्वाइनमा लामो समयसम्म भाइरस रहन सक्छ ।
रुघा लागेको व्यक्तिको म्युकस, मयल, ठाउँ अनुसारको फोहोर नोटमा लामो समयसम्म रहन्छ । स्विस अध्ययनले पैसामा १२ दिनसम्म जीवाणु रहन सक्ने बताएको छ ।
.
क्यासको बिकल्पको रुपमा कार्ड प्रयोग गरिने अभ्यास छ । कार्ड पनि संक्रमित हुनसक्छ । ओंलाइन कारोबार भने सुरक्षित मानिन्छ ।
.
चीनमा कोरोना संक्रमण सुरु भएदेखि पुराना नोट नष्ट गरिंदै आएको छ । टर्कीमा पैसालाई संक्रमणरहित बनाउने मेसिनको प्रयोग गरिएको छ ।
त्यस्तै कोरियामा नोटलाई १५० डिग्री सेल्सियसको तापक्रम दिएर मात्र बजारमा पठाइन्छ भने हंगेरीमा नोटलाई १४ दिन क्वारेन्टाइनमा राखेर तथा १७० डिग्री से तापक्रम दिएर बजारमा पठाइन्छ । यसको लागि अल्ट्राभ्वाइलेट रे को प्रयोग गरिन्छ । त्यस्तै कुवेतमा पैसालाई ४ हप्ता क्वारेन्टाइनमा राखिन्छ भने अमेरिकाले पनि संक्रमित ठाउँबाट ल्याएको पैसालाई क्वारेन्टाइनमा राख्दछ ।
.
अध्ययनले बताएको छ, १० % कोरोना भाइरस ४ घण्टासम्म मात्र नोटमा रहन्छ । जसलाई रातभर सुख्खा ठाउँमा राख्ने हो भने वा २ घण्टा घाममा राख्ने हो भने सामान्यतया संक्रमणरहित हुन्छ । केहि देशमा नोटलाई सर्फ पानीमा भिजाएर घाममा सुकाउने गरिएको पाइन्छ भने किटाणु मार्नको लागि नोटमा आइरन गर्ने पनि अभ्यास रहेको छ ।
.
क्वाइनलाई स्प्रिट वा स्यानिटाइजरले सफा गरेर घाममा सुकाएर सुरक्षित गरिन्छ । हाम्रो परिप्रेक्ष्यमा ग्लोभ लगाएर मात्र पैसाको कारोबार गर्ने, पैसालाई भान्सा, बैठक वा सुत्ने ठाउँमा नराख्ने, प्रयोग भएको पैसालाई सुख्खा ठाउँमा फिजारेर राख्ने तथा सामान किन्दा खुद्रा मिलाएर दिने ( पैसा फिर्ता लिनु नपर्ने गरि ) गर्नु उपयुक्त हुन्छ ।
.
यी जति उपाय गरेपनि सबैभन्दा प्रभावकारी उपाय भनेको हात धुने नै हो । पैसा छोएपछि हातले नाक, मुख तथा आँखामा नछुने एबम साबुनपानीले मिचिमिची हात धुने नै हो ।
(डा. रबीन्द्र पाण्डेको फेसबुकबाट साभार)