सेलाएपछि फेरि तताएर नखानुहोस् यी खानेकुरा !

काठमाडौं । व्यस्त जीवनशैलीमा हामी धेरैजसो कि बाहिरको खाना खान्छौ, कि त घरमै भएका खाना सेलाएपछि तताएर खान्छौँ वा दुई पटक खाने खाना एकै पटक पकाएर राख्छौ र पछि तताएर खान्छौ ।

खाना पकाएको लामो समय भैसकेपछि चिसो भएका कारण होस् वा बचेखुसेको खाना पुनः खाँदा होस् हामीले खानेकुरालाई तताएर खाने गर्छौँ ।

कहिलेकाहीँ ठूलो परिमाणमा पकाएको खाना धेरै जनाले फरक फरक समयमा खानुपर्दा धेरै पटक तताउनुपर्ने हुन्छ । घरमा बिहान पकाएको खाना धेरै हुँदा दिउसो र बेलुकी सम्म पनि खाने र त्यसो गर्दा पटक पटक तताउने गरिन्छ । तर विज्ञहरुका अनुसार पटक पटक खाना तताएर खानु हानिकारक हुन्छ ।

विज्ञहरुका अनुसार धेरैपटक खानेकुरा तताउँदा पटक पटकको रासायनिक प्रतिक्रियाका कारण हानिकारक तथा विषाक्त पदार्थ समेत सिर्जना हुने र अर्थात् फुड प्वाइजनिङको खतरा पनि हुन्छ । यी खानेकुराहरु पकाइसकेपछि धेरैपटक तताउनु हानिकारक हुन्छः

पालुंगोको साग- पालुंगो लगायतका सागपातमा नाइट्रेट रसायन हुन्छ, जुन पटक पटक तताउँदा विषाक्त पदार्थमा परिणत हुन्छ । पालुङ्गोमा नाइट्रेटको मात्र अत्यधिक हुने गर्छ । यसलाई पुन तताउँदा नाइट्रेट कार्सिनोजेनिक (विष) मा बदलिन्छ । जसले गर्दा मानव शरिरमा नकारात्मक असर पार्न सक्छ । त्यसैले यसलाई एक पटक पकाईसकेपछि पुन तताउनु स्वास्थ्यका दृष्टिकोणले उपयुक्त हुँदैन ।

अण्डा- उच्च तापक्रममा पटक पटक अण्डा तताउँदा अण्डामा भएको प्रोटिनको रासायनिक परिवर्तन भई विषाक्त पदार्थको निर्माण हुने जोखिम हुन्छ । त्यसकारण एकपटक उमालिसकेको वा अम्लेट बनाइसकेको अण्डालाई फेरि फेरि नतताउनुहोस् ।

च्याउ- च्याउको तरकारी सधै ताजा मात्र सेवन गर्नुहोस् । बासी वा पकाएको लामो समय भएर पुनः तताएको च्याउ नखानुहोस् । च्याउ निकै संवेदनशील तरकारी हो । च्याउलाई पटक पटक तताउँदा यसमा भएको उच्च मात्राको प्रोटिन हानिकारक पदार्थमा बदलिन सक्छ ।

कुखुराको मासु- मानिसहरु कुखुराको मासुलाई फ्राइ गरेर राख्ने र तताउँदै खाँदै गर्न रुचाउँछन् । तर यसो गर्नु हानिकारक हुनसक्छ । किनकी कुखुराको मासुमा प्रोटिनको मात्रा उच्च हुन्छ । जुन चिसो भैसकेपछि फेरि तताउँदा विषाक्त पदार्थमा बदलिन सक्छ ।

आलु- आलु हाम्रो भान्सामा नियमित प्रयोगमा आउने खानेकुरा हो । आलु स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर यदि पकाएको आलुको परिकारलाई लामो समयसम्म फ्रिजमा राखेर फेरि तताएर नखानुहोस् । यसो गर्दा आलुमा हानिकारक रासायनिक प्रतिक्रिया भई आलुमा भएको तत्व विषाक्त पदार्थमा परिणत हुने जोखिम रहन्छ ।

चामल(भात) – काँचो चामलमा किटाणु हुन्छन् र पाकेपछि ति सबै मरेर जान्छन् । तर, पाकेको चामल सेलाएपछि फेरि बढ्न थाल्छन् र फेरि तताएपनि मर्दैनन् ।

चामलमा ब्यासिलस सिरस नामक ब्याक्टेरियाको अंश (जीवाणु) हुन्छ । यो ब्याक्टेरियाको जीवाणु यति शक्तिशाली हुन्छ कि, चामललाई पकाइसक्दा पनि यो जीवित रहन सक्छ, र झन् छिटो बढ्न सक्छ ।

भात पकाइसकेपछि लामो समय सामान्य तापक्रममा छोडिदिँदा जीवाणुले ब्याक्टेरियाको रुप लिन्छ । यो ब्याक्टेरिया तीव्रगतिले बढ्छ र टक्सिन्स पैदा गर्छ, जसका कारण फुड पोइजनिङ हुन सक्छ । यसैले, भात पकाएपछि त्यसलाई लामो समय सामान्य तापक्रममा छोड्न हुँदैन ।

चिकेनः फ्रिजमा राखेको चिसो चिकेन पुन तताउँदा त्यसमा रहेको प्रोटीनको कम्पोजिशन बदलिन सक्छ । यसलाई खाँदा इन–डाइजेशन को समस्या हुनसक्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here