नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पुन: प्रत्यक्ष निर्वाचित हुनुपर्ने

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को अध्यक्ष पुनः प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएका छन् । यसअघि विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान थियो ।

दुई महिनामै थपिए साढे ४९ अर्बको उद्योग, उत्पादनमूलक क्षेत्रमा आकर्षण

सेवामूलक र पर्यटन क्षेत्रका ७/७ वटा उद्योगमा क्रमश १३ अर्ब र २ अर्बको लगानी प्रतिवद्धता आएको छ भने, कृषि तथा वन पैदावर क्षेत्रका ४ उद्योगमा ६९ करोड र सूचना प्रविधिमा आधारित क्षेत्रको २ उद्योगमा २० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

गोयन्का सिमेन्ट र कमला स्टिललाई कारबाही

विभागले बजार अनुगमनका क्रममा गुणस्तरहीन वस्तु उत्पादन गरेको पाइएपछि नेपाल गोयन्का सिमेन्ट प्रालि रुपन्देही र कमला रोलिङ्ग मिल्स स्टिल प्रालिलाई कारबाही गरेको हो । विभागले कारबाही स्वरुप दुवै कम्पनीको इजाजतपत्र स्थगन गरेको छ ।

वीरगन्ज सुख्खा बन्दरगाहमा खाली कन्टेनरको झमेला, हटाउन पहल

कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो रेल सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको थियो ।

महासंघको नेतृत्वमा निजी क्षेत्र बुझेको व्यक्ति आउनुपर्छ : निर्वतमान अध्यक्ष मुरारका

ठेक्का प्रक्रियामा टेण्डर हाले जसरी नेतृत्वमा पुग्नेले महासंघलाई नेतृत्व दिन नसक्ने बताएका मुरारकाले बोलकबोलमा नेतृत्व छान्ने प्रवृत्ति खारेज हुनुपर्नेमा जोड दिए ।

चिनीको आयातमा असार मसान्तसम्म रोक

काठमाडौं, १५ वैशाख । सरकारले चिनीको आयातमा लगाइरहेको परिमाणात्मक बन्देजको अवधि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चिनीको आयातमा लगाइएको परिमाणत्मक...

घरेलु तथा साना उद्योग महासंघद्धारा मौद्रिक नीतिको स्वागत

ऋणीले २०७६ चैत, २०७७ वैशाख र जेठ मसान्तमा भुक्तान गर्नुपर्ने कर्जाको साँवा तथा ब्याज रकम २०७७ असार मसान्तसम्म भुक्तान गर्न सकिने व्यवस्थाले साना उद्योगीहरू लाभान्वित हुने भन्दै महासंघले स्वागत गरेको हो ।

भन्सार प्रशासनलाई चुस्त र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : अर्थमन्त्री खतिवडा

काठमाडाैं, १६ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सार प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । भन्सार विभागले आज...

सरकारकाे नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदै

काठमाडौं, २० बैशाख । आगामी आर्थिक वर्षको लागि सरकारले आफ्नो नीति तथा कार्यक्रम आज संघिय संसदमा प्रस्तुत गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघिय संसद...

निर्यात ०.६ प्रतिशतले वृद्धि, गलैंचा लगायतको निर्यात घट्यो

आर्थिक वर्ष २०७६/७७ मा कुल वस्तु निर्यात ०.६ प्रतिशतले वृद्धि भई रु.९७ अर्ब ७१ करोड पुगेको छ ।