ताइवानमा भूकम्पबाट भएको क्षतिको विवरण के छ ?

ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प जाँदा धनजनको क्षति भएको छ । प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको अधिकारीले बताएका छन्। अहिलेसम्म कम्तीमा नौजनाको मृत्यु भएको खबर छ ।

ठेक्का अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनसहित ३४ कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एकैपटक ३४ कम्पनीलाई कालोसूचीमा राखेको हो । कार्यालयले ती निर्माण तथा आपूर्ति कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि साढे २ वर्षका लागि कालोसूचीमा राखेको हो ।

नागढुंगा-नौबिसे सुरुङमार्गको भौतिक प्रगति ७४ प्रतिशत

राष्ट्रिय गौरवको आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणको तीनचौथाई काम सकिएको छ ।आयोजनाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आइतबारसम्म सुरुङमार्गको समग्र भौतिक प्रगति ७४.३६१ प्रतिशत पुगेको हो ।

समयमा काम सम्पन्न नगर्ने ३८ निर्माण कम्पनीलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन...

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन, जनकपुरले ३८ वटा निर्माण व्यवसायीलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

मध्य भोटेकोशी जलविद्युत आयोजनाको ७ किलोमिटर लामो सुरुङको ‘ब्रेक थ्रु’

सिन्धुपाल्चोकस्थित भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा निर्माणको क्रममा रहेको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको सुरुङको बिहीबार ब्रेक थ्र्रु भएको छ । यो सुरुङ ७ हजार १२६ मिटर लामो छ ।

नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र, सुरुङ खन्ने काम ६० प्रतिशत सकियो

राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम आधाभन्दा बढी काम सम्पन्न भएको छ ।

व्यापारिक नाका रसुवागढीसँग सम्पर्क टुट्यो, ठूलो पहिरो खुलाउन केही दिन लाग्ने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने बेत्रावती कालिकास्थान तथा बेत्रावती मैलुङ सडकसँगको सम्पर्क टुटेको छ ।

नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने

भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको हो ।

जेठ १ गतेदेखि दुई हप्ता मेलम्चीको पानी वितरण रोकिने

मर्मतका कार्य गर्नका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केहि समय रोकिने भएको छ । सामान्य बाढी आएको बेला आयोजनालाई सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको हो ।

गोदावरी मार्वल इन्डष्ट्रिजको पर्खालमा डोजर चल्यो

लिजको समयावधि सकिदा र अदालतले पनि खानी जन्य कार्यका लागि प्रयोग नगर्नु नगराउनु भन्ने आदेस दिदा पनि मार्वल उधोग अटेर गरि त्यस स्थानमा अड्डा जमाउदै बस्दै आएको थियो।