काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण धमाधम

इलामको माइखोला बाढीले क्षति पुर्‍याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण तीव्र पारिएको छ । नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाले संयुक्त रूपमा प्रसारण लाइन पुनर्निर्माण तथा पुनर्स्थापनाको काम गरिरहेका छन् ।

सिस्ने खोला क्षेत्रमा बिहीबारदेखि राजमार्ग आंशिक रुपमा बन्द गरिने

बिहीबार २९ कात्तिक देखि ५ मंसिरसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा सडक बन्द गरिने भएको छ ।

३ असोजबाट धराहरा सञ्चालनमा ल्याइने

काठमाडौं सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवशको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

प्राकृतिक विपद्पछि यस्तो छ सर्वदलीय बैठकको निर्णय

सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया अगाडि बढाउने छ ।

विनासकारी मिल्टन आँधी अमेरिकाको फ्लोरिडामा

विनाशकारी’ आँधी मिल्टन अमेरिकाको फ्लोरिडा पुगेसँगै हजारौं मानिसलाई विष्थापित बनाएको छ । बुधबार साँझ बस्ती नजिकै आँधी आइपुग्ने सम्भावनालाई मध्यनजर गर्दै अमेरिकी अधिकारीहरूले बासिन्दाहरूलाई भाग्न वा मृत्युको जोखिम मोल्न आग्रह गरेका थिए । बीबीसीका अनुसार सरकारले सुरक्षा तयारी तीव्र बनाइरहेको छ । आँधी सारासोटा हुँदै फ्लोरिडातिर सरिरहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम मंसिरभित्र सुरु नभएमा ठेक्का तोड्ने प्रधानमन्त्री ओलीको...

सो अवसरमा उनले विश्वसनीय रुपमा काम गर्छ भने जिम्मेवारी लिएको ठेकेदार कम्पनीलाई काम लगाउन उचित हुने जनाउँदै काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्ने बताए ।

अवैध क्रसर रोक्न विज्ञहरुको सुझाव

विज्ञहरुको सुझाव पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विज्ञहरुको सुझाव त्यसै खेर जान नदिने बताए । जलवायू परिवर्तनको असर र प्रभाव विश्व व्यापी चुनौती बनि रहेकाले आगामी दिनमा यसलाई महत्वका साथ ध्यान दिईने बताए ।