फोन नम्बर डिलिट भयो ? यसरी गर्नुहोस् रिस्टोर

काठमाडौं । मोबाइलबाट महत्वपूर्ण सम्पर्क नम्बरहरू डिलिट भएमा गुगलको सहयोगमा सहजै ती नम्बर रि-स्टोर गर्न सकिन्छ । यसका लागि आफ्नो कन्ट्याटलाई गुगल ड्राइभमा ब्याकअप गर्नुपर्ने हुन्छ । स्मार्टफोन वा सिम कार्डमा सेभ भएका कन्ट्याक्टको ब्याकअप गुगलमा राख्न सकिन्छ ।

यसरी ब्याकअप राखेमा फोन हराए वा चोरी भएमा वा नयाँ फोन लिँदा सहजै ती कन्ट्याक्टलाई रि-स्टोर गर्न सकिन्छ । कुनै पनि एन्ड्रोइड डिभाइसबाट अर्कोमा पुराना कन्ट्याक्ट रि-स्टोर गर्न सकिन्छ ।

यस्तोमा कन्ट्याक्ट डिलिट हुँदा हैरान हुनुपर्ने अवस्था रहँदैन । कन्ट्याक्टहरू गुगल एकाउन्टमा सेभ भएमा साइन इन गरेपछि अटोमेटिकल्ली फोनमा देखिन्छ ।

कन्ट्याक्ट एक्सपोर्ट गर्ने तरिकाः

– एन्ड्रोइड स्मार्टफोन वा ट्याब्लेटको कन्ट्याक्टमा जाने ।

– मेनुमा ट्याप गरी सेटिङमा प्रवेश गर्ने ।

– त्यहाँ एक्सपोर्टको अप्सन देख्न सकिन्छ । यसबाट कुन अकाउन्टबाट कन्ट्याक्टको ब्याकअप लिने भनेर छनोट गर्न सकिन्छ ।

– एक्सपोर्ट टू भिसिएफ फाइलमा ट्याप गरेपछि कन्ट्याक्टको ब्याकअप तयार हुनेछ ।

अटोमेटिक ब्याकअप अन गर्नः

नयाँ स्मार्टफोनमा गुगल अकाउन्ट सेटअप गर्दा गुगलले फोनको डेटालाई गुगल ड्राइभमा ब्याकअप गर्न सोध्ने गर्छ । उक्त सेटिङलाई परिवर्तन गर्नका लागि

– सुरुमा एन्ड्रोइड फोनको सेटिङमा जाने ।

– त्यसपछि सिस्टममा गएर ब्याकअपमा क्लिक गरी ब्याकअप टु गुगल ड्राइभलाई अन गर्नुपर्ने हुन्छ ।

रि-स्टोर गर्ने तरिका

– फोनको सेटिङमा गइ गुगलमा क्लिक गर्ने ।

– त्यहाँ गएर सेटअप एन्ड रिस्टोर कन्ट्याक्ट्स अप्सन देखिन्छ । त्यसपछि रिस्टोरमा क्लिक गर्ने ।

– कयौँ अकाउन्टबाट फोनमा लगइन गरिएको छ भने डिभाइसले कुन अकाउन्टबाट रिस्टोर गर्ने भनेर सोध्ने गर्छ ।

– अकाउन्टमा कपी गर्न पुराना कन्ट्याक्टमा ट्याप गर्ने । सिम कार्ड वा डिभाइसमा स्टोर गर्न मन नलागे यसलाई अफ गर्न सकिन्छ ।

– रिस्टोरमा ट्याप केही बेरमा तपाईंका कन्ट्ययाक्ट रि-स्टोर भएको देख्न सकिन्छ ।

– फोनमा त्यसअघि नै सभे भएका कन्ट्याक्ट दोहोरिने गरी फेरी रि-स्टोर नहुने हुँदा फोन नम्बर डुप्लिकेसनको समस्या पनि रहँदैन ।

– उच्च एन्ड्रोइड भर्जनको फोनबाट कम एन्ड्रोइड भर्जनको फोनमा भने ब्याकअप गर्न सकिँदैन । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here