Tag: नेपाल ई–गभर्नेन्स सोसाइटी

नेपालको साइबर सुरक्षा जोखिमपूर्ण, सूचना प्रविधिको एकीकृत विकास आवश्यक

राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेलले केही सरकारी पोर्टलहरु ह्याक भएको र त्यसले सुरक्षा कमजोर देखिएको बताए । उनका अनुसार विदेशबाट भएका कतिपय यस्ता कार्य एप्लिकेशनबाट भएका छन्, नेटवर्कबाट भएको भए बढी जोखिमपूर्ण हुन्थ्यो ।

ई–गभर्नेन्स सुरक्षा सेमिनारको आयोजना गर्दै नेग्स, डाटा सुरक्षामा चासो

नेपाल ई–गभर्नेन्स सोसाइटी (नेग्स) ले ई–गभर्नेन्स तथा डाटा सुरक्षासम्बन्धी सेमिनारको आयोजना गर्ने भएको छ । कोरोनाभाइरसका कारण सिर्जित लकडाउनले मानिसहरुको आवागमनमा रोक लगाएपछि सूचनाप्रविधिको प्रयोग बढेको सन्दर्भमा नेग्सले नेपालमा उपलब्ध ई–गभर्नेन्स सेवा, पूर्वाधार र सुरक्षासम्बन्धी वेबिनारको आयोजना गर्ने भएको हो ।