बालाजु-त्रिशूली सडकको ठेक्का तोडियो, ठेकेदारको खाताको रकम पनि जफत

काठमाडौं । काठमाडौं उपत्यकाको फोहर ढुवानी गर्ने मुख्य सडकका रुपमा रहेको बालाजु-त्रिशूली सडक निर्माण सुरु भएको आठ वर्षसम्म निर्माण अलपत्र बनेको छ। पटक-पटक अवधि...

भूमि व्यवस्था मन्त्रालयको सर्कुलर-‘मंसिर २३ गतेभित्र कृषि र गैरकृषि जग्गा छुट्याइसक्नु’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ७५३ वटै स्थानीय निकायलाई परिपत्र गर्दै कृषि र गैरकृषि जग्गा छुट्याउन सर्कुलर गरेको छ ।

ठेक्का अलपत्र पार्ने शैलुङ कन्सट्रक्सनलाई तीन वर्षे प्रतिबन्ध

शैलुङलाई सडक सुधार तथा विकास आयोजना निर्देशनलायको सिफारिसमा कालो सूचीमा राखिएको हो । त्यसैगरी, कार्यालयले एमएस जेहोङडिङ इन्टरनेशनल इन्जिनियरिङ कोओप्रेसन लिमिटेड चाइना, चेन्जक्वीङ वाङबेन इलेक्ट्रिक कोओप्रेसन र अरभली इन्फ्रापावर लिमिडेटलाई पनि ३ वर्षका लागि कालोसूचीमा राखेको छ ।

केयुकेएलले तोड्यो चिनियाँ निर्माण कम्पनी होल्डिङसँगको ठेक्का, ४९ करोड धरौटी जफत

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले चीनको निर्माण कम्पनी होल्डिङसँगको ठेक्का तोडेको छ । चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिस (होल्डिङ) सँग केयुकेएलको आयोजना कार्यान्वयन निर्देशनालयले ठेक्का अन्त्यको घोषणा गरेको हो ।

वाग्मती करिडोरमा सुकुम्बासी बस्ती तगारो, साढे दुई दशकमा पनि बनेन करिडोर

निर्माण सुरु भएको डेढ दशक बित्दासमेत अव्यवस्थित बसोबासका कारण वाग्मती करिडोरको निर्माण सकिएको छैन । २०७० सम्म सम्पन्न गर्ने लक्ष्य राखेर २०६५ देखि निर्माण सुरु गरिएको यो करिडोरको अझै आधादर्जन बढी ठाउँमा ट्रयाक खोल्न बाँकी छ ।

त्रिशुलीमा दुई यात्रुबाहक बस विलय, दिनभरको खोजीमा शून्य नतिजा

नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले दुई वटा बस बगाएको छ । बेपत्ता भएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ ।

त्रिशूली नदीमा बसको खोजी जारी, गृहका उच्च अधिकारी चार दिनपछि घटनास्थल...

चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल भन्ने स्थाबाट त्रिशूली नदीमा वेपत्ता भएका दुईवटा बस र तिनमा सवार यात्रुहरुको खोजी आज पनि जारी छ । घटना भएको चार दिनपछि आइतबार दुर्घटनास्थलमा भइरहेको खोजीको निरीक्षण गर्न गृह मन्त्रालयका सचिव एक नारायण अर्यालसहित सुरक्षा अंगका प्रमुखहरु पनि चितवन जाने भएका छन् ।

रात्रि बस नचलाउन सरकारले गरायो सचेत

प्राधिकरणले विपद्को जोखिममा रहेका नागरिकलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्न, जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र प्रतिकार्य गर्न विपद् सम्बन्धी काम गर्ने साझेदार संस्थालाई जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रहन सूचित गराएको छ।

बझाङमा पहिरो : एकै परिवारका चार जनाको मृत्यु

बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले विरा धामीको घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिद्धबाबामा सुख्खा पहिरो, यातायात ठप्प

शनिबार दिउँसो सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका ३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा खसेको सुख्खा पहिरोले पाल्पा-बुटवल सडक अवरुद्ध भएको हो।