निर्माण व्यवसायीकाे आन्दोलनः लाइसेन्स सरकारलाई बुझाउने, टेण्डर बहिष्कार गर्ने

जेठ १६, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद (छैठाैं संशोधन) नियमावली–२०७५ का केही बुँदाहरुको विरोध स्वरुप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । बुधबार...

बंगलादेशकी पूर्वप्रधानमन्त्रीको दरवारलाई संग्रहालयमा परिणत गर्ने घोषणा

बंगालदेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई संग्रहालय बनाइने भएको छ । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गर्ने क्रान्तिको सम्झनाका लागि उनको दरबारलाई संग्रहालयमा परिणत गर्ने घोषणा गरे ।

राहदानी सेवा मूख्य कार्यालयबाट सूचारु

बुधबारदेखि बन्द भएको राहदानी वितरण सेवा राहदानी विभागको त्रिपुरेश्वरस्थित मुख्य कार्यालयबाट सुरु भएको छ । अत्यावश्यक परेर विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भर्न पाउने व्यवस्था गरिएको विभागले जनाएको छ ।

साउनपछि ट्रयाल पास गरेको एक महिनामै स्मार्ट लाइसेन्स !

यातायात व्यवस्था विभागले लकडाउनको समयमा स्मार्ट लाईसेन्स प्रिन्ट तीव्र रुपमा गरिरहेको छ । लकडाउनको समयको सदुपयोग गर्दै विभागले करिब साढे ३ लाख लाइसेन्स छापेको छ । लकडाउनका कारण सवारी लाइसेन्स परीक्षा बन्द छ ।

दैलेखमा ग्यास र पेट्रोल भएको चिनियाँ टोलीद्वारा पुष्टी, चार हजार मिटर...

नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टी गरेको हो।

त्रिशुलीमा दुई यात्रुबाहक बस विलय, दिनभरको खोजीमा शून्य नतिजा

नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले दुई वटा बस बगाएको छ । बेपत्ता भएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ ।

१८ घण्टापछी खुल्यो पृथ्वीराजमार्ग

सोमबारदेखि अवरुद्ध सडक बिहान १० बजेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।

छिचोलियो कोशी करिडोर, त्रिदेशीय सडक सञ्जाल स्थापित

तीन देशको सडक सम्पर्क स्थापित गर्ने उत्तर–दक्षिण कोशी करिडोर सडक छिचोलिएको छ । करिडोर अन्तर्गत खाँदबारी–किमाथांका सडक खण्ड अन्तर्गत १५८ किलोमिटर सडकको ‘ट्र्याक ओपन’ भएसँगै भारत–नेपाल र चीन विच सडक सञ्जालले सम्पर्क स्थापित गर्ने सडक छिचोलिएको हो ।

मलेखु-मुग्लिन सडकको विस्तारको काम सुस्त, १ वर्षमा ६ प्रतिशत मात्र प्रगति

मलेखु-मुग्लिन सडक खण्डको विस्तार र स्तरोन्नतिको काम सुस्त भएको छ । सडक विस्तार थालिएको १ वर्षमा जम्मा ६ प्रतिशत मात्रै भौतिक प्रगति भएको हो । पृथ्वी राजमार्गअन्तर्गत यो सडक खण्ड ३९ किलोमिटर पर्दछ । नागढुङ्गा-मुग्लिन सडक योजनाको यो पश्चिम खण्ड हो । सन् २०२२ को डिसेम्बरदेखि काम सुरु गरिएको हो ।

मध्यपहाडी लोकमार्ग : हिउँदमा धुलो र बर्खामा हिलाम्य

लोकमार्गको कूल एक हजार सात सय ७६ किलोमिटरमध्ये बागलुङ खण्डमा मात्रै एक सय ४२ किलोमिटर पर्छ । जिल्लाको दुर्गम मानिने निसीखोलामा भने दुई वर्ष अगाडिनै कालोपत्रे भइसकेको छ ।