Tag: कोरोनाभाइरस

कोरोनाभाइरसका बिरामीलाई रोबोटले खाना सर्भ गर्ने

कोरोनाभाइरसका बिरामीलाई खाना पुर्याउने रोबोटको काठमाडौंमा सफल परीक्षण भएको छ । रोबोटिक्स एशोसिएशन अफ नेपालले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा यो रोबोटको सफल परीक्षण गरेको हो ।

७७ प्रतिशत गैरआवासीय नेपालीको स्वदेश फर्किने चाहना, भारतमा धेरै अलपत्र

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गत आइतवारदेखि सुरु गरेको हेल्पलाइनमा फोन गर्ने मध्ये ७७ प्रतिशतले मातृभूमि फर्किन चाहेको र त्यसको लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेको संघले बताएको छ ।

साउदीका नेपाली कामदार अर्को हप्ता नेपाल आउन पाउने संभावना

रियादस्थित नेपाली दूताबासले रियाद तथा दम्मामस्थित घरफिर्ति केन्द्रहरुमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश पठाइदिन त्यहाँका प्रमुखहरुसँग गरेको अनुरोधमा उनीहरुले आगामी आइतबारसम्ममा त्यसको निर्णय दिने बताएका छन् ।

अस्पतालले बिरामी फर्काउन नपाउने, बीपी, त्रिवि शिक्षण र नेपालगञ्ज शिक्षणमा सघन...

सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, त्रिवि शिक्षण अस्पताल, काठमाडौं र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरलाई विशिष्टिकृत तथा बहुविज्ञ सेवा सहितको कोभिड अस्पताल घोषणा गरेको छ ।

गाउँ नफर्किन काठमाडौंका मेयरको आग्रह, समस्या परे ११८० मा फोन गर्नुस

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौंमा बसेका नागरिकहरुलाई गाउँ नफर्किन आग्रह गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा जारी शुभकामना सन्देशमा उनले नगरवासीहरु लकडाउनको समयमा काठमाडौँबाट गाउँघर फर्किन थालेको प्रति चिन्ता व्यक्त गर्दै उनीहरुलाई यहीं रहन र कुनै समस्या परे महानगरमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

कोरोना रोकथामका लागि भौतिक मन्त्रालयले सातै प्रदेशलाई ९१ लाख उपलब्ध गराउने

निर्माण व्यवसाय विकास परिषद्ले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशलाई रु. १३ लाखको दरले ९१ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

चामलको मूल्य ७ वर्षयताकै उच्च, एक हप्तामै १२ प्रतिशत महंगियो

विश्लेषकहरुका अनुसार आगामी दिनहरुमा गहुँ र चामलको मूल्य अझैँ महंगो हुनेछ । भियतनामले भने चामल निर्यातमा रोक नै लगाएको छ । भारत पछि थाइल्याण्ड विश्वको दोस्रो ठूलो चामल निर्यातकर्ता हो । भियतनाम चाँहि तेस्रो ठूलो निर्यातकर्ता हो ।

‘रेनकोट र प्लास्टिकलाई पीपीई बनाएका छौं’- डा. गगन चौधरी

सबैभन्दा ठूलो समस्या पिपिईकै छ। सरकारले पठाएको पिपिई डिस्पोजेबल रहेछ। एकपटक प्रयोग गरेपनि पुन: प्रयोग गर्न निमल्ने। हामीले रेनकोटलाई पिपिई बनाएका छौं। थाहा छैन कति सुरक्षित छ।

घरबाटै कोरोनाको परामर्श लिने सफ्टवेयरको विकास, यस्ता छन् विशेषता

घरबाटै कोरोना भाइरसको परामर्श लिने मोबाइल एप र सफ्टवेयरको विकास भएको छ । रामलक्ष्मण इनोभेसन्सले कोरोनासम्बन्धी तथा दैनिक आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन र दिन सकिने सफ्टवेयरको विकास गरेको हो ।

कोरोना रोकथाम कोषमा स्वावलम्बनको २५ लाख रुपैयाँ

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । संस्थाले कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक, काठमाडौंमा रहेको खातामा उक्त रकम जम्मा गरेको हो ।