पुराना नोटको ब्रिकेट बनाइँदै, कोइला प्रयोग गरिने उद्योगसँगै घरायसी प्रयोजनमा उपयोगी
नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयमा औपचारिक शुभारम्भ भएको छ
१० अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल
बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्नेछ।
विदेशी बैंक भित्राउन चुक्ता पुँजीमा पुनरावलोकन, पुँजीको सीमा २ करोड डलरमा झारियो
नेपाल राष्ट्र बैंकले विदेशी बैंकहरुलाई नेपाल ल्याउनका लागि चुक्ता पुँजीमा पुनरावलोकन गरेको छ। राष्ट्र बैंकले बुधबार ‘फरेन बैंक ब्राञ्च लाइसेन्सिङ पोलिसी २०२२’ जारी गर्दै चुक्ता पुँजी पुनरावलोकन गरेको हो।
वैशाखमा ब्याजदर नबढाउने बैंकहरूको निर्णय
वाणिज्य बैंकहरुले वैशाख महिनामका लागि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आइतबार बसेको नेपाल बैंकर्स संघको बैंठकले यस्तो निर्णय गरेको हो ।
शनिवार दुई घण्टाको लागि आरटीजीएस प्रणाली खुला रहने
राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै ‘विकास ऋणपत्र २०८६' को ब्याज भुक्तानी सहजहोस् भनेर शनिवार विहान १० देखि १२ बजेसम्म आरजीजीएस सेवा खुला रहने जनाएको छ ।
‘अर्थतन्त्रले खतरनाक मोड लिएको छ, गम्भीर भएनौं भने दुर्घटनामा जानसक्छौं’- पूर्वगभर्नर
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलकबहादुर रावलले नेपालको अर्थतन्त्र गम्भीर मोडमा रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकको ६७औं वार्षिकोत्सवका विशेष अतिथिको रुपमा उपस्थित पूर्वगभर्नर रावललले उक्त कुरा बताएका हुन् ।
नबिल दिगो बैंकिङको बार्षिकोत्सवमा ‘नबिल ग्रीन वीक’ मनाइँदै
आफ्नो प्रारम्भिक कालबाटै हाइड्रोमा लगानी गर्ने देखि लिएर सहुलियत कर्जा प्रदान गर्नाका साथै सामाजिक वातावरण तथा उत्तरदायित्वका क्षेत्रमा काम गरी दिगो बैंकिङको अभ्यास गर्दै आइरहेको नबिलले हालसम्म नेपालको विभिन्न भूभागमा तथा वित्तीय क्षेत्र उल्लेखनीय सफलताहरू हात पारेको बैंकले जनाएको छ ।
अनुत्पादक र उत्पादनशिल क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर फरक-फरक गर्ने
सरकारले उत्पादनशिल अनुत्पादक र उत्पादनशिल क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर फरक फरक गर्ने भएको छ ।
मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव, यसरी पठाउनुहोस्
राष्ट्र बैंकले ल्याउने आगामि आर्थिक वर्षको मौद्रिक नीतिको लागि केन्द्रिय बैंकको अनुसन्धान विभागको इमेल ठेगानामा सुझाव पेश गर्न सकिने बैंकको आर्थिक अनुसन्धान विभागले जनाएको छ ।
इ–सेवाबाट मेट लाइफको प्रिमियम तिर्दा एक हजारसम्म ‘क्यासब्याक’
भुक्तानी सेवा प्रदायक इ–सेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक अर्थात् पैसा फिर्ता पाइने भएको छ।