भैरहवा विमानस्थलको धावनमार्गमा चिप्लिएको बुद्धको जहाज निकालियो

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा फसेको बुद्ध एयरको जहाज निकालिएको छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जहाज प्राविधिक टोलीले सफलतापूर्वक निकालेको जानकारी दिए । बुद्धको उडान नम्बर ८०५ जहाज नाइनएन–एओसी काठमाडौंबाट भैरहवा पुगेको थियो ।

त्रिशूलीमा हराएका बस वाटर ड्रोनबाट खोजिँदै

त्रिशूली नदिमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु गरिएको छ । र्याफ्टबोटमा जडान गरेर पानीभित्रको बस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउँछ ।

लगानी बोर्डमार्फत २ खर्ब ७१ अर्ब लगानी स्वीकृत

लगानी बोर्डमार्फत एक वर्षको अवधिमा २ खर्ब ७१ अर्ब २६ करोड लगानी स्वीकृत भएको छ । एक वर्षमा स्वीकृत भएको अधिकांश लगानी जलविद्युत आयोजनामा आएको छ ।

गौतमबुद्ध विमानस्थल अवलोकनमा पर्यटन मन्त्री, के भने ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएकोले लुम्बिनीलाई नै केन्द्रमा राखेर सञ्चालनको योजना बनिरहेको बताएका छन्।

पहिरोले रोक्यो कर्णाली राजमार्ग

काठमाडौं । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । शनिबार रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका १ स्थित एसमोड...

पश्चिमी नेपालमा आज भारी वर्षा, सतर्क रहन आह्वान

लुम्बिनीदेखि सुदूरपश्चिमसम्मका जिल्लाहरुमा गएरातिदेखि वर्षा भइरहेको छ । ती क्षेत्रमा आज २९ गते बिहानसम्म वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गरी पश्चिमी भूभागमा भदौ २७ गते साँझदेखि २९ गते बिहानसम्म भारीदेखि धेरै भारीसम्म वर्षा हुने जानकारी दिएको थियो ।

वीरगन्ज सुख्खा बन्दरगाहमा खाली कन्टेनरको झमेला, हटाउन पहल

कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो रेल सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको थियो ।

मेलम्चीमा भ्रष्टाचार पुष्टी, ४ जना दोषि ठहर

मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जना दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार उक्त मुद्दामा १० जनालाई सफाइ दिएको छ ।

३ असोजबाट धराहरा सञ्चालनमा ल्याइने

काठमाडौं सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवशको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।