उपत्यकामा खानेपानी वितरणको तालिका हेरफेर (तालिकासहित)

अस्थायी संरचनाबाट पानी पुनः काठमाडौं ल्याउन थालिएको भएपनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन रोकिएको हो ।

दुईतर्फी नै खुल्यो मुग्लिन-आँबुखैरेनी सडक, दैनिक पाँच घण्टा बन्द भने यथावत

पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी सडक खण्ड पूर्ण रुपमा खुलेको छ । २७ जेठको बिहान साँखरमा पहिरोले सडक भत्काएपछि त्यो सडक अवरुद्ध भएको थियो ।

जग्गाको कित्ताकाट खुला गर्ने सरकारको निर्णय

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भू-उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

‘भूकम्प पीडितको बाँकी किस्ता असार मसान्तसम्म भित्र’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०७२ वैशाखको भूकम्पले क्षति भएका पीडितहरुलाई दिइने राहत भुक्तानी आसन्न असार मसान्तसम्ममा पूरा गरिसक्ने प्रतिबद्धता जनाएका छन्।

वर्षाका कारण उपत्यकाको फोहोर लैजान नरोकिने

अब वर्षाको समयमा काठमाडौं उपत्यकाको फोहाेर बञ्चरेडाँडास्थित फोहाेरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ । विगतमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहाेर लैजान समस्या हुने गरेको थियो ।

असार १ गतेदेखि कुनै बाहानामा तीन महिना सडक खन्न नपाइने

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

आकर्षक र नौला झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता

झोलुङ्गे पुलको निर्माण तीन तहको समन्वयमा हुँदै आएको छ । स्थानीय तहले एक सय २० मिटर लम्बाइसम्मको, प्रदेशले दुई सय ७० मिटर लम्बाइसम्मको र त्यसभन्दा लामा पुलको निर्माण सङ्घले गर्दै आएका छन् । विभागले लामासँगै आधुनिक प्रविधिका र हेर्दा आकर्षक पुल निर्माणमा ध्यान दिएको छ ।

हुम्लालाई राष्ट्रिय सडक संजालमा जोड्न अब ६ किमी मात्र ट्र्याक खोल्न...

गत वर्षदेखि चीनको नाका बन्द रहे पनि हाल खुलेको छ । अहिले चीनको सीमा खुलेपछि आवश्यक सामग्री उताबाट ल्याएर पनि हिल्सा सिमकोट सडकमा काम भइरहेको छ । नाका नखुलेको समयमा हिल्सा सीमाबाट सामान ल्याउन सकिएको छैन ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि टेण्डर खुल्यो

बजेट अभावले अलपत्र बनेको रंगशाला निर्माणको जिम्मा पाएको महानगरले एक सूचना जारी गर्दै टेण्डर खुल्ला गरेको हो । टेण्डरको लागि आगामी मार्च ३१ गते १२ बजेसम्म अन्तिम समय दिइएको छ।

कालिकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

कालीकोटको नरहरिनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालुमा शनिबार बिहान घरनजिकै पोल ढल्दा करेन्ट लागेर नरहरिनाथ–८ लालुका ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।